Friday, May 6, 2016

ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना

इटहरी, २४ वैशाख । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकारले मात्र देशमा उत्पन्न सबै खाले समस्याको समाधान दिन सक्ने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा पार्टीले आफ्नो सम्मानमा अयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पनि राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना रहेको बताउँदै सरकार ढाल्ने र नयाँ गठन गर्ने खेलले कहिल्यै नेपालको भलो सम्भव नहुनेतर्फ आफूले सबै ठूला राजनीतिक दलको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts