काठमाडौँ, ३० वैशाख । साझा यातायात सञ्चालक समितिका पदाधिकारी, लेखा समिति र कर्मचारीले जरिवानासहित सम्पत्ति विवरण बुझाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेशानुसार उनीहरुले यही वैशाख २६ गते तोकिएबमोजिमको रकम दाखिला गरेका हुन् । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले मात्रै उक्त रकम दाखिला गर्नुभएको छैन ।
साझाका सञ्चालक समितिका सदस्य शङ्करराज जोशी, वन्दना थापा, भूषण तुलाधर र रुद्र पौडेल, लेखा समितिका सदस्य लक्ष्मीरत्न वज्राचार्य, मनोहर रौनियार र माधवराज घिमिरेले आआफ्नो सम्पत्ति विवरण जरिवानासहित बुझाएको आयोगले जनाएको छ । यस्तै विभिन्न तहका १७ कर्मचारीले पनि नियमानुसार सम्पत्ति विवरण बुझाएका छन् । रासस
No comments:
Post a Comment