अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आइतबार लाओसको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल लाओसबीच एक एक गोलको बराबरीमा खेल सकिएको छ।
पहिलो हाफसम्म खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७७ औं मिनेटमा मिडफिल्डर विशाल राईको गोलमा नेपालले अग्रता लिएको थियो। तर ७९औं मिनेटमा लाओसले कर्नर प्रहरलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याएको थियो। त्यसपछिको निर्धारित समयमा दुबै टिमबाट गोल भएन।
No comments:
Post a Comment