उर्लाबारी (मोरङ), ९ जेठ । नेकपा (एमाले) मोरङ क्षेत्र नं १ को क्षेत्रीय समितिको अध्यक्षमा विश्वनाथ राय निर्वाचित हुनुभएको छ ।
नयाँ समितिका लागि आज सम्पन्न मतगणनाअनुसार रायले अध्यक्षका निकटतम प्रतिद्वन्द्वी मेघराज कट्टेललाई ५४ मत अन्तरले पराजित गर्नुभएको हो । अध्यक्षमा निर्वाचित रायले १२३ मत पाउनुभएको थियो भने पराजित कट्टेलले ६९ मत पाउनुभएको छ ।
यस्तै, क्षेत्रीय समितिको उपाध्यक्षमा तेजबहादुर कार्की निर्वाचित हुनुभएको छ । उहाँले १२८ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी दिनेश मण्डलले ५४ मत पाउनुभएको थियो । सचिवमा उमाकान्त गौतम निर्वाचित हुनुभएको छ । उहाँले ११९ पाउनुभएको थियो उहाँका प्रतिस्पर्धी छत्र बराइलीले ६९ मत पाउनुभएको थियो ।
समितिको सहसचिवमा एकनारायण चौलागाई १२३ मत पाई निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी पशुपति बुढाथोकीले ६७ मत पाउनुभएको थियो । पदाधिकारीसहित निर्वाचित ४९ सदस्यीय क्षेत्रीय समितिमा २७ जना सदस्य भने सर्वसम्मत चयन भएका थिए । भूगोल, खुल्ला, आदिवासी जनजाति, दलित, मधेसीलगायतका कोटाबाट उनीहरु सर्वसम्मत भएका थिए भने बाँकी सदस्य भने निर्वाचित भएका थिए । रासस
–––––––
No comments:
Post a Comment