Thursday, May 26, 2016

अर्थतन्त्रमा संरचनात्मक परिवर्तन

काठमाडौँ, १३ जेठ । मुलुकको वर्तमान अर्थतन्त्रमा संरचनात्मक परिवर्तन हुने क्रमले तीव्रता पाएको छ ।

विगत वर्षलाई पछ्याउँदै मुलुकको अर्थतन्त्र कृषिबाट सेवा क्षेत्रतिर सर्दै गएको सरकारको अध्ययनले देखाएको हो । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्भेक्षणका अनुसार आधारभूत मूल्यमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा उद्योग क्षेत्रको योगदान क्रमशः घट्दै गएको तथा सेवा क्षेत्रको योगदान बढ्दो छ ।

गत आव २०७१ । ०७२ मा कृषि क्षेत्रको उत्पादन रु दुई खर्ब ३९ अर्ब ५० करोड तथा सेवा क्षेत्रको रु तीन खर्ब ७० अर्ब ५० करोड थियो । चालु आवमा कृषि क्षेत्रको उत्पादन दुई खर्ब ४२ अर्ब ६० करोड बराबर तथा सेवा क्षेत्रको उत्पादन रु तीन खर्ब ८० अर्ब ४० हुनेछ ।

त्यसैगरी आधारभूत मूल्यमा औद्योगिक क्षेत्रको उत्पादन रु एक खर्ब नौ अर्ब ४० करोडबाट घटेर एक अर्ब दुई अर्ब ५० करोडमा सीमित हुने अनुमान गरिएको छ । कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण घट्दै गएकाले आर्थिक संरचनामा परिवर्तन आएको हो । यसले मुलुकको व्यापारघाटा अझै बढाउने देखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts