Thursday, May 26, 2016

सडकको लम्बाइ अठाइस हजार किमी

काठमाडौँ, १३ जेठ । चालु आवको फागुनसम्म कालोपत्रे सडक ११ हजार ८९०, खण्डास्मित छ हजार ४१९ र कच्ची सडक नौ हजार ६८१ किमी गरी हाल सडकको लम्बाइ २७ हजार ९९० किमी पुगेको छ ।

यसैगरी चालु आवको फागुन मसान्तसम्म २७० किमी माटे सडक, १३२ किमी खण्डास्मित र ९२ किमी कालोपत्र सडक स्तरोन्नति भएको आव २०७२÷२०७३ को आर्थिक सर्भेक्षणमा उल्लेख छ । आव २०७२÷२०७३ को चैत मसान्तसम्म २३ पक्की पुल बनेको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणमा उल्लेख भएअनुसार स्थानीय सडक पुलतर्फ १५, रणनीतिक सडक पुल तीन, हुलाकी राजमार्गका पुल तीन र मध्यपहाडी लोकमार्गतर्फ दुई गरी २३ पुल निर्माण गरिएको उल्लेख छ ।

यस वर्ष बनेका २३ वटै पुलमा यातायात सञ्चालन सुरु भएको प्रगति विवरणमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts