Thursday, May 5, 2016

आफ्नै कोठामा युवती मृत

भक्तपुर, २३ वैशाख । रातमाटे गाविस–१ नुवाकोट घर भई हाल सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकस्थित गणेश दुवालका घरमा भाडामा बस्ने १८ वर्षीय अन्जना थापाको शव शङ्कास्पद अवस्थामा आज भेटिएको छ ।

थापाको कोठा यही वैशाख २१ गतेदेखि नखुलेको र आवातजावत समेत नभएपछि दुवालले कोठाको ताल्चा खोल्दा खाटमा उनलाई मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त जगातेको टोलीले थापाको कोठाको अनुसन्धान गर्दा भेटिएको परिचयपत्रबाट उनी कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्ने थाहा भएको छ ।

खाटमा सुतेको र नाकबाट रगत आएको अवस्थामा थापाको शव भेटिएको र अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts