उर्लाबारी (मोरङ), १५ जेठ । मोरङको उर्लाबारीमा आज बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
उर्लाबारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख ११५९ नम्बरको बसको ठक्करबाट सोही ठाउँका ६० वर्षीय वृद्ध किसनलाल धिमालको मृत्यु भएको हो ।
आज बिहान बसको ठक्करबाट गम्भीर घाइते भएका धिमालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा साँझा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment