काठमाडौँ, १२ जेठ । लागु औषध नियन्त्रण ब्यूरोले ‘अपरेशन फिस’अन्तर्गत अवैध लागुऔषध दुई किलो ६८३ ग्राम कोकिनसहित विभिन्न राष्ट्रका चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भेनेजुयलाकी यमरिस कामरिस नारभाज, नाइजेरियाका मोहम्मद लामिनि डोबा, भारतका तोहिद खान र काठमाडौं महानगरपालिका–२९ रानीबारी बस्ने तनहुँ धर्मपानी–९ का दिलबहादुर गुरुङ रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यमरिसलाई यही जेठ ९ गते ठमेलबाट, मोहम्मदलाई आज सोह्रखुट्टेबाट तथा खान र गुरुङलाई काठमाडौं क्षेत्रपाटीबाट मङ्गलबार पक्राउ गरिएको ब्यूरोले जानकारी गराएको छ । पक्राउ परेकामध्ये यमरिस वैशाख २५ गते दुबई हुँदै काठमाडौं आएर ठमेलको गेष्ट हाउसमा बसेकी थिइन् । उनले जेठ १ गते माछा मार्न प्रयोग हुने डोरीको बन्डलभित्र लुकाएर ल्याएको कोकिन नाइजेरियन नागरिक मोहम्मद र दिलबहादुरलाई दिएकी थिइन् । उनलाई एक हजार ५०० अमेरिकी डलर दिने सर्तमा भेनेजुयलाकी क्याथरिनले सो कोकिन बोकाएर नेपाल पठाएको खुल्न आएको छ ।
दिलबहादुर लामो समयदेखि लागु औषध चरेस विभिन्न वस्तुहरुमा लुकाईछिपाई हङकङ, थाइल्यान्ड, भारतलगायतका देशहरूमा ओसारपसार गर्ने मुख्य व्यक्ति भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट बरामद लागू औषधको अन्तर्राष्ट्रिय बजारमूल्य रु पाँच करोड ३६ लाख ६० हजार हुन आउने ब्यूरोले जनाएको छ । रासस
Wednesday, May 25, 2016
लागुऔषध कोकिनसहित अन्तर्राष्ट्रिय कारोबारीहरू पक्राउ
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment