Thursday, May 12, 2016

वार्ताको वातावरण बनाउन आग्रह

काठमाडौँ, ३० वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाउन्जेल वार्तामा बस्नाको औचित्य नभएको जनाएको छ ।

मोर्चाले प्रधानमन्त्री कार्यालय सिंहदरबारका नाममा आज लेखेको पत्रमा २६ पटकसम्म विभिन्न चरणमा वार्ताका लागि प्रयास भए पनि सरकारले गम्भीरता नदेखाएकाले वार्ताको वातावरण बनाएपछि मात्र वार्तामा बस्ने उल्लेख छ । पत्रमा संविधानमा गरिएको पहिलो संशोधन आन्दोलनकारी र सरकारबीच भएको सहमतिअनुसार नभई आन्दोलनका बारेमा भ्रम सिर्जना गर्न मात्र गरिएको आरोप लगाइएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संयुक्त रुपमा पत्र पठाउनुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts