Thursday, May 12, 2016

‘सामाजिक रुपान्तरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण’

सुरुङ्गा (झापा), ३० वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली राजनीतिलाई बाटो भुलेको अवस्थामा शिक्षकले खबरदारी गरी सही मार्गमा ल्याउन सक्ने बताउनुभयो ।

सो अवसरमा सङ्घका केन्द्रीय सदस्य तिलकसिंह पाण्डेलाई अभिनन्दन तथा दीर्घसेवा पदक सम्मानबाट अग्रज शिक्षक ईश्वरी, शिवाकोटी, मोहनप्रसाद ओली, जेभी शर्मालाई सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षिकाबाट शर्मिला अधिकारी, जस्ना कुण्डुलगायत र उत्कृष्ट शिक्षकमा प्रेम भण्डारी, तोयानाथ दाहाललगायतलाई सम्मान गरिएको थियो ।

यसैबीच सञ्चारकर्मी द्रोण अधिकारीलाई शिक्षा क्षेत्रमा कलम चलाएर उल्लेख्य योगदान पु¥याएबापत ‘गणेशबहादुर थापा स्मृति उत्कृष्ट शिक्षा पत्रकारिता सम्मान’ प्रदान गरियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts