Tuesday, May 10, 2016

राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्र्सका विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेंख अब्दुल्ला बिन जयेद अल नह्यान नेतृत्वको छ सदस्यीय टोलीले आज शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटमा दुई देशबीचको रहीआएको आपसी सम्बन्ध, सद्भाव, सहयोग र हितलाई थप सुदृढ बनाउँदै जानुपर्ने जोड दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा नेपालको प्राकृतिक सुन्दरता, पर्यटकीय सम्भावना, प्राकृतिक स्रोत साधन र श्रम तथा रोजगारसम्बन्धी विषयमा छलफल भएको उल्लेख गरिएको छ ।

भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत सहभागिता थियो । उक्त टोली काठमाडौँमा आवासीय राजदूतावासको समुद्घाटन गर्न नेपाल आएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts