विराटनगर, ३० वैशाख । ओखलढुङ्गामा आज दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
आफ्नै घरमा बसिरहेका अवस्थामा मुसलधारे वर्षासँगै खसेको चट्याङले कालिका–५ बस्ने ४० वर्षीया विष्णुमाया श्रेष्ठ र कालिका–६ बस्ने ६० वर्षीय नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । त्यस्तै कालिका–६ बस्ने सुमित्रा श्रेष्ठको भैँसी मरेको बताइएको छ ।
मृत फेला
विराटनगर–१५ स्थित बसपार्कमा आज विराटनगर–११ बस्ने बोधराज कार्कीका छोरा १८ वर्षीय अभिषेक मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले शव परीक्षणका लागि कोसी अञ्चल अस्पतालमा पठाएको छ । रासस
–––––––––
No comments:
Post a Comment