Thursday, June 9, 2016

बीस हजार पशु चौपायालाई सुई

लहान, २७ जेठ । जिल्ला पशुसेवा कार्यालय सिरहाले यस वर्ष २० हजार पशु चौपायालाई निःशुल्क खोरेत रोगविरुद्धको सुई लगाएको छ ।

कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा दीपककुमार सिंहका अनुसार जिल्लाका विभिन्न गाविसमा गाई, भैँसी तथा बङ्गुरमा खोरेत रोग देखापरेकाले त्यसलाई नियन्त्रण गर्न ती पशुलाई निःशुल्क सुई लगाइएको बताउनुभयो । प्रथम चौमासिकमा १० हजार तथा तेस्रो चौमासिकमा १० गरी २० हजार पशु चौपायालाई निःशुल्क सुई लगाइएको हो ।

खोरेत रोग लागेका गाईभैँसीे राम्ररी दूध नदिने, कमजोर हुनुका साथै आर्थिक क्षति बढी हुने भएकाले सो रोगविरुद्ध सुई लगाउने गरिएको छ । जिल्ला पशुसेवा कार्यालय, सिरहाका पशु प्राविधिक महेशकुमार रायले खुला सिमाना र हाट बजारका कारण पशु चौपायामा खोरेत रोगको जोखिम बढ्दै गएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts