काठमाडौँ, ३२ जेठ । बाह्राँै राष्ट्रव्यापी अन्नपूर्ण मैत्री खुल्ला बुद्धिचाल प्रतियोगिताको दश वर्षमुनि (यु–१०) स्पर्धामा पायनियरका अनिल लामा र भानुभक्तकी सुस्मिता राईले उपाधि जितेका छन् ।
छात्रातर्फको स्पर्धामा सुस्मिताले पाँच चरणको खेलमा चार अङ्क जोडिन् । समान अङ्क बनाएका हिमालयनका सिमरन केसी दोस्रो, विन्ध्यवासिनी स्कुलकी काजल डङ्गोल तेस्रो र पायनियरकै स्नेहा बुढाथोकी चौथो भए । छात्रतर्फ अनिलले पाँच चरणको खेलमा शतप्रतिशत जित हात पारे । आयोजक अन्नपूर्ण उच्च माविका प्रवेश लामा, हिमालयनका मनोज घिसिङ, ल्याबका सलिल मर्हजन, त्रिज्योतिका सम्पूर्णराज न्यौपाने र अन्नपूर्णका अनिश बोहरा चार अङ्कसहित शीर्ष छ स्थानमा रहे ।
छात्र यु–१२ तर्फ चार चरणको समाप्तिमा ग्रीनल्यान्डकी समृद्धि पाण्डेले शतप्रतिशत अङ्कसहित अग्रता कायम गरेकी छिन् । विन्ध्यवासिनीकी अकिन्चन लावट, हिमालयनकी सिमरन प्रधान, अन्नपूर्णकी नेहा दास बानिँया र अमृता पाण्डे तथा पायनियरकी सुप्रिया बुढाथोकीको तीन अङ्क कायम छ । सोही उमेर समूहको छात्रा स्पर्धामा शिक्षान्तरका अविरल खरेल र अन्नपूर्णका दीपेन्द्र गमाल समान चार अङ्कसहित शीर्ष स्थानमा छन् ।
यु–१४ छात्र स्पर्धामा तीन चरणको समाप्तिमा शीर्ष वरियताका खेलाडी आयोजक विद्यालयका मोहम्मद अदनान अदिल, विवेक रायमाझी र समिर अन्सारीको साथमा पायनियरका सौरभ पोखरेल र त्रियोगका रोनिक पाठक शतप्रतिशत अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । छात्रातर्फ चार चरणको समाप्तिमा पायनियरकी अनिशा न्यौपाने र भानुभक्त उच्च माविकी मेनुकला बस्नेत शतप्रतिशत अङ्क हित शीर्ष स्थानमा रहेका छन् ।
छात्र यु–१६ मा तीन चरणको समाप्तिमा पायनियरकै सुदीप तामाङ, दीपज्योतिका अपिल रिमाल, ग्रीनल्यान्डका युवराज पौडेल, पुष्पसदनका रोशन आचार्य र अन्नपूर्णका प्रज्वल गिरीको तीन अङ्क छ । छात्रातर्फ सोही विद्यालयकै अभा पुडासैनी चार चरणको समाप्तिमा शतप्रतिशत जितसहित अग्रस्थानमा रहेकी छन् । रासस
No related posts.
No comments:
Post a Comment