Tuesday, June 14, 2016

वर्तमान सरकारमा काँग्रेस सहभागी हुँदैनः नेता निधि

काठमाडौँ, ३२ जेठ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले वर्तमान सरकार भूकम्पपीडितको स्थायी बसोवास र पुनःनिर्माणमा असफल भएको बताउँदै पीडितको लागि पठाउनुपर्ने सहायता रकम पठाउन सरकारले ढिलासुस्ती गरेको बताउनुभयो । उहाँले भूकम्प प्रभावित जिल्लामा एमालेले राजनीतिक आधारमा पक्षपात गरिरहेको आरोप लगाउँदै काँग्रेसका पीडित नेता तथा कार्यकर्ताले राहत प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले प्राधिकरणमा प्रमुख प्रतिपक्षीको हैसियतले उपाध्यक्ष रहने व्यवस्था भए पनि सत्तारुढ दलले यसको काम कारबाहीबारे कुनै महत्व नै नदिएको उल्लेख गर्नुभयो । नेता निधिले काँग्रेस र न्यायलयबीच किन दूरी बढेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले सर्वोच्च अदालतले हतारमा विज्ञप्ति निकालेको विचार व्यक्त गर्दै आफूहरु न्यायालयको सम्मानमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
न्यायपरिषद्बाट सिफारिश नामबारे संसदीय सुनुवाइ समितिमा छलफल हुनु नै राजनीतिक विषयको कुरा भएकाले यसबारेमा टिप्पणी गर्नु आफूहरुको अधिकार र कर्तव्य भएको उहाँको भनाइ थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts