बनेपा, ५ असार । काभ्रेपलाञ्चोकको पेट्रोल पम्प ठगी प्रकरणमा पक्राउ परेका आयल स्टोर सन्चालक अदालतको फैसलासँगै रिहा भएका छन् ।
उग्रचण्डी आयल स्टोर्स बनेपाका सञ्चालक आत्माराम थापालाई जिल्ला अदालत, धुलिखेलले छ महिनाको कैद र रु एक हजार जरिवाना सुनाएकोमा कैद भुक्तान गरिसकेकाले आज उनी कारागारमुक्त भएको अदालतले जनाएको छ । यसअघि पनौतीको जयअम्बे पम्पका सञ्चालक विनोद बञ्जारा पनि रिहा भइसकेका छन् ।
थापाले रिमोट जडान गरी रु ३९ लाख ७६ हजार १७५ उपभोक्तालाई ठगी गरेको भन्दै ठगी तथा कालोबजारी मुद्दा प्रहरीले चलाएको थियो । लामो समय फरार रहेका थापाका पार्टनर उमेश बानियाँलाई भने छ महिना कैदको फैसला गरेको छ । सो ठगी प्रकरणमा पाँचखाल आयल स्टोरका सञ्चालक वसन्त किसन पौडेल र माता पलाञ्चोक फ्युल सेन्टर पाँचखालका सञ्चालक राजेन्द्रप्रसाद गौतमलाई पनि प्रहरीले पक्राउ गरेको थियो । रासस
––––––––
No comments:
Post a Comment