Sunday, June 19, 2016

मनिषाको हत्याबारे न्यायिक छानबिन गर्न माग

नवलपरासी, ५ असार । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषाको हत्याबारे न्यायिक छानबिन गर्नुपर्ने माग राख्दै आज नवलपरासीमा प्रर्दशन भएको छ ।

स्थानीय प्रहरी प्रशासनलाई दबाब दिने उद्देश्यले घटनाको सत्य तथ्य छानबिनको माग राख्दै मृतकका आफन्त र स्थानीयवासीले सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् ।

घटनाको न्यायिक छानबिन र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै स्थानीयवासीले प्रजिअ र प्रहरी उपरीक्षकको ध्यानाकर्षण गराएका थिए । मनिषा करिब एक महिनाअघि नवलपरासीको पञ्चगनर भानुनगरस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts