Monday, June 20, 2016

तेत्तीस दलीय मोर्चालाई वार्तामा आह्वान

काठमाडौँ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय राष्ट्रिय मोर्चा नेपालका संयोजकलाई मोर्चाका मागका सम्बन्धमा वार्तामा आउन आज पत्र पठाउनुभएको छ ।

मोर्चालाई यही असार ९ गते अपराह्न १२.३० बजे प्रधानमन्त्री कार्यालयमा वार्तामा आउन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी प्रधानमन्त्रीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्तामा आउन जेठ ३१ गते पठाउनुभएको पत्रको स्वागत गर्दै सो पार्टीले आज प्रधानमन्त्रीलाई लिखित जवाफ पठाएको छ । पत्रमा सरकारले वार्ता र संवाद मार्फत नै समस्याको समाधान गर्न देखाएको अग्रसरतालाई पार्टीले सकारात्मक रुपमा लिएको र वार्ताका लागि अध्यक्ष बद्रीप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरिएको उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts