Friday, June 3, 2016

संविधानको अक्षरशः कार्यान्वयन गर्नुपर्ने

नवलपरासी, २१ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अब सबै राजनीतिक दल एक जुट भई संविधानको अक्षरशः कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ ।

नवलपरासीको रतनपुर दमादमा रहेको बालज्योति माविको निर्माण हुन लागेको नयाँ भवनको शिलन्यास गर्दै नेता डा कोइरालाले अब मधेसकेन्द्रित दललाई सहमतिमा ल्याई संविधानको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

शिक्षाका क्षेत्रमा राजनीति हुनुहँुदैन भन्दै महामन्त्री डा कोइरालाले अब नेपाली शिक्षाले नेपालमा मात्र नभई विश्वका अन्य मुलुुकसँग शैक्षिक प्रतिस्पर्धामा अघि बढ्नुपर्छ भन्नुभयो । सो विद्यालयको चारकोठे भवन निर्माणका लागि हाम्रो नेपाल समाज युकेले करिब रु ३० लाख सहयोग गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts