काठमाडौँ, २१ जेठ । बौद्ध गुरु चिनियाँ लामाको स्मृतिमा आज बौद्धनाथ चैत्यमा दीप प्रज्वलन गरिएको छ ।
सो अवसरमा बौद्धनाथ क्षेत्र विकास समिति लगायत सङ्घसंस्थाका प्रतिनिधि तथा विशिष्ट बौद्ध दर्शनका गुरुको सहभागिता थियो । गत आइतबार ८१ वर्षका उमेरमा निधन हुनुभएका लामाको मङ्गलबार टेकुमा अन्त्येष्टि गरिएको थियो ।
बौद्ध तथा त्यस आसपास क्षेत्रमा बौद्ध दर्शन, बौद्ध संस्कृति, परम्परा तथा साहित्यको प्रवद्र्धनमा चिनियाँ लामाको योगदान छ । दिवङ्गत लामाको वास्तविक नाम शेराव दोर्जे लामा हो । उहाँ चिनियाँ लामाको सातौँ पुस्ता हुनुहुन्छ ।
ताइफोसिंह लामालाई पहिलो चिनियाँ लामा मानिएको छ । उहाँले चीन र भोटको सीमावर्ती स्थानबाट नेपाल आएर बौद्धनाथ चैत्यको रेखदेख तथा पूजाको परम्परा बसालेको जनविश्वास रहेको बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment