काठमाडौँ, ५ असार । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको १३औँ दिनको पुण्यतिथि पारी आज ललितपुरको यलमाया केन्द्रमा एक साङ्गीतिक कार्यक्रमको आयोजना गरियो ।
उहाँले आफ्नो जीवनकालमा गाउनुभएका तथा सङ्गीत भर्नुभएका गीतसङ्गीतमार्फत उहाँलाई श्रद्धाञ्जलि अर्पण गरिएको हो ।
उहाँको सम्झनामा गायक गायिका शैलेष सिंह, मीना पोख्रेल, बेनुका राई, जेनिषा पौडेल, मनोज सेवा, सुजाता वर्मालगायतका गायक गायिकाले गीत प्रस्तुत गरी श्रद्धाञ्जलि दिएका थिए ।
वरिष्ठ सङ्गीतकार गुरुङले नेपालको राष्ट्रगानमा सङ्गीत भर्नुभएको थियो । उहाँले नेपाली, मैथिली, भोजपुरी, नेवारीलगायतका भाषामा लेखिएका करिब एक हजार गीतमा समेत सङ्गीत भर्नुभएको थियो ।
त्यस्तै, केही चलचित्रका गीतमा समेत उहाँले सङ्गीत भर्नुभएको र केही गीतसमेत गाउनुभएको थियो । नेपाली साङ्गीतिक क्षेत्रको विकासमा उहाँको अतुलनीय योगदान पु¥याएको सञ्चारकर्मी तथा साहित्यकार प्रकाश सायमीले स्मरण गर्नुभयो । रासस
No comments:
Post a Comment