खोटाङ, ५ असार । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्कमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।
रावा खोलापारीका–११ गाविसका सर्वसाधारणलाई लक्षित गर्दै एँेसेलुखर्कमा आजदेखि इलाका प्रशासन कार्यालय सुरु गरिएको हो ।
रावा खोलापारीका एँेसेलुखर्क, बाकाचोल, सुङ्देल, राखाबाङ्देल, दिप्सुङ, माक्पा, जलेश्वरी, महेश्वरीलगायतका गाविसका सर्वसाधारणलाई सेवा प्रवाह सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले जानकारी दिनुभयो । इप्रकाबाट नागरिकता, राहदानी सिफारिसलगायतका सेवा प्रदान सुरु गरिएको छ ।
इलाका प्रशासन कार्यालय सुरु भएपछि दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल आएर नागरिकता र राहदानी लिनुपर्ने समस्या हल भएको स्थानीयवासीले बताएका छन् । ऐँसेलुखर्कमा लिलाबहादुर विश्वकर्मा कायममुकायम शाखा अधिकृतका रुपमा खटिनुभएको छ ।
विश्वकर्माले हस्ताक्षर गर्नुभएको नागरिकता आज प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको हातबाट स्थानीय ७८ वर्षीय वृद्ध शेरबहादुर निरौलालाई प्रदान गर्दै इलाका प्रशासन कार्यालयको सेवा सुरु गरिएको छ । रासस
No comments:
Post a Comment