बुटवल, ९ असार । इनरह्विल क्लब अफ बुटवल मिडटाउनले रुपन्देहीको मर्चबार क्षेत्रका झन्डै ३०० छात्रालाई प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना दिनाका साथै सेनिटरी प्याड वितरण गरेको छ ।
क्लबले आफ्नो छैटौँ स्थापना दिवसका अवसरमा पारी मझगावामा रहेको मर्चबार आदर्श उमाविा छात्रालाई प्याड वितरण गरेको हो । किशोरी अवस्थामा प्रजनन स्वास्थ्यप्रति गरिने हेलचेक्र्याँइका कारण पछि प्रजनन अवस्थामा समस्या देखिने भन्दै किशोरी अवस्थाबाट नै स्वास्थ्यप्रति सचेत बनाउनु आफूहरुको उद्देश्य रहेको क्लबका अध्यक्ष सरला भण्डारीले बताउनुभयो । सो अवसरमा उमाविका कक्षा ८ देखि १० सम्मका छात्रालाई ६०० वटा प्याड वितरण गरिएको थियो ।
सो अवसरमा मझगावा गाविसका सचिव हंसराज चौधरीले बुटवलमा स्थापित क्लबले रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेको गाविसलाई छनोट गरी कार्यक्रम ल्याएकामा प्रशंसा गर्नुभयो । उच्च माविका प्राचार्य शत्रुघ्न शुक्लाले सबै छात्राले सेनिटरीको प्रयोग गर्न सके उनीहरुको स्वास्थ्य नबिग्रने तथा अध्ययनलाई समेत सघाउ पुग्न सक्ने बताउनुभयो । रासस
No comments:
Post a Comment