Thursday, June 23, 2016

ग्रेडिङ प्रणालीमा प्रतिशतको खाँचो

काठमाडौँ, ९ असार । प्रवेशिकाको परिवर्तित परीक्षा प्रणालीले सबैमा अन्योल सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

मार्टिन चौतारीले आज यहाँ आयोजना गरेको अन्तक्र्रियाका वक्ताले सरकारले लामो समयको तयारीपछि ल्याएको ग्रेडिङ प्रणालीमा प्रतिशतसमेत सार्वजनिक गर्न सुझाएका हुन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले शिक्षाविद् तथा ठूला विश्वविद्यालयका पदाधिकारीका साथै विज्ञसँग छलफल गरी ल्याइएको ग्रेडिङ प्रणालीमा देखिएका केही त्रुटि सुधार गरी जान सकिने बताउनुभयो ।

उहाँले राष्ट्रिय परीक्षा बोर्ड गठनका लागि गृहकार्य भइरहेको र त्यसले निकट भविष्यमा कक्षा ९ देखि १२ सम्मको परीक्षा प्रणालीलाई नियन्त्रण गर्ने जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष सूर्यलाल अमात्यले राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षासम्म हेर्ने भएपछि अहिलेको ग्रेडिङ प्रणालीअनुसार कतै पनि भर्ना हुन नसक्ने विद्यार्थीलाई समेत कक्षा ११ मा अध्ययनका लागि रोक्न नहुने सुझाव दिनुभयो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सम्बन्धित पक्षको सहकार्यबाट प्रवेशिकामा ग्रेडिङ र प्रतिशत दुबैको व्यवस्था गर्न सकिने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts