काठमाडौँ, ४ असार । नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालको जारी छैटौँ राष्ट्रिय अधिवेशनमा भावी नेतृत्वका लागि दुई समूहको उम्मेदवारी परेको छ ।
अधिवेशनमा संस्थापन पक्षबाट बाबुराम थापा र अर्काे पक्षबाट विश्वनाथ प्याकुरेलले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । उहाँहरुले समूहगत उम्मेदवारी दिनुभएको हो । थापा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पनि अध्यक्ष हुनुहुन्छ भने प्याकुरेल महासङ्घका वर्तमान अध्यक्ष हुनुहुन्छ ।
करिब आठ सय प्रतिनिधि सहभागी अधिवेशनमा आज राति ८ बजेदेखि निर्वाचन हुने तय भएको छ ।
महासङ्घको मातहतमा निजामती, शिक्षक, प्राध्यापक, विभिन्न समिति, कानुन, गैरसरकारी, संस्थान र वित्तीय क्षेत्रका कर्मचारी सङ्गठन रहेका छन् । रासस
No comments:
Post a Comment