Wednesday, June 22, 2016

राजबास क्षेत्रमा उच्च सतर्कता

इटहरी, ८ असार । सप्तकोसी नदीमा आएको बाढीले तीव्र कटान गर्न सक्ने भन्दै सुनसरीको प्रकाशपुर गाविसको राजाबास क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईंको नेतृत्वमा गएको सुरक्षा निकायका प्रमुखको टोलीले त्यहाँ परिचालित भारतीय प्राविधिक टोलीलाई त्यस्तो निर्देशन दिएको हो ।

प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार राजबास क्षेत्रको २६ दशमल ४० देखि २६ दशमल ८८ नं को स्परको बीचभागमा सप्तकोसी नदीको तीव्र बहाव पूर्वपट्टि हान्निएर आएकाले त्यो क्षेत्रमा आउने बाढीले स्परमा तीव्र दबाब दिइरहेको र अहिले त्यो क्षेत्र उच्च जोखिमको अवस्थामा रहेको विश्लेषण गरिएको छ ।

उक्त क्षेत्रमा भारतीय प्रविधिज्ञ शशिकान्त झा र परमानन्द पण्डित नेतृत्वको २० सदस्यीय टोली परिचालित भएको उहाँले बताउनुभयो ।

आज अपराह्न सप्तकोसीमा पानीको बहाव एक लाख ६३ हजार ११५ क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts