Friday, June 17, 2016

धर्म परिवर्तन गराउन खोजेको आरोपमा पक्राउ र रिहा

दोलखा, ३ असार । मोर्डन नेपाल बोर्डिङ स्कुल र माउन्ट भ्याली बोर्डिङ स्कुलका विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा केही दिनअघि पक्राउ परेका आठ इसाई धर्मावलम्बी आज रिहा भएका छन् ।

यही जेठ २७ गते सदरमुकाम चरीकोटबाट पक्राउ परेका तिनलाई प्रहरीले आज अपराह्न जिल्ला अदालतमा पेस गरेकामा अदालतले रिहा गरिएको हो । रिहा हुनेमा स्थानीय पादरी शक्ति पाख्रिन, टिच नेपालका प्रतिनिधि बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल, भीमबहादुर तामाङ, चरीकोटस्थित माउन्ट भ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही छन् ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजलासले इसाइ धर्मका पाँच प्रचारकलाई जनही रु १० हजार र अन्यलाई साधारण तारेखमा रिहा गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts