काठमाडौँ, ३ असार । एसिया तथा प्रशान्त क्षेत्रीय वकिलको छैटौँ सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।
प्रगतिशील कानुन व्यवसायी र नेपाल शान्ति तथा ऐक्यबद्धता परिषद्को आयोजनामा भएको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका अधिकार र सामाजिक कानुनलाई वर्तमान संविधानले समेटेको प्रस्ट पार्नुभयो । उहाँले संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधानले कसैको अधिकारलाई विभेद नगरेको बताउँदै संविधानको कार्यान्वयन गरेर मुलुकमा विभिन्न निर्वाचन गराइने छ भन्नुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले धर्मनिरपेक्षता, समावेशिता र सङ्घीयतालाई समेटेर संविधान निर्माण भएको बताउँदै कानुनले यसलाई पूर्णता दिनुपर्छ भन्नुभयो ।
तत्कालीन सभाध्यक्ष सुवास नेम्वाङले भूकम्प र नाकाबन्दीका बीचमा संविधान जारी भए पनि संविधानले कानुनी क्षेत्रमा प्रशस्त अधिकार दिएको उल्लेख गर्नुभयो । तीनदिने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका कानुन क्षेत्रमा देखिएका समस्याबारे छलफल हुनेछ । तेइस देशका प्रतिनिधिको सहभागिता रहेको सो सम्मेलनमा नेपालका कानुन व्यवसायीसहित ३०० प्रतिनिधिको सहभागिता छ । रासस
No comments:
Post a Comment