काठमाडौँ, ६ असार । महिलालाई सक्षम र सबल बनाउने उद्देश्यले आयोजित आधारभूत महिला फोटोग्राफी तथा तेक्वान्दो तालिम आज सम्पन्न भएको छ ।
सरस्वतीनगर सुधार सङ्घको आयोजनामा भएको उक्त कार्यक्रमको समापन गर्दै सांसद रामेश्वर फुयाँलले यस्ता खालका व्यावहारिक सीपले महिलालाई आफ्नो कर्म क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो । नेकपा (एमाले) का नेता फुयाँलले आगामी आवमा महिला फोटोग्राफी तालिमका लागि आफूले रु दुई लाख सहयोग गर्ने बताउनुभयो । महिला फोटोग्राफर तथा तेक्वान्दो तालिम उपभोक्ता समितिका अध्यक्ष ललिता खड्काले महिलालाई सक्षम बनाई उनीहरुलाई आफ्नो खुट्टामा उभिन सिकाइने बताउनुभयो ।
काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष भवदेव थापा मगर, केन्द्रीय सदस्य करिष्मा काप्री ढकाल र सदस्य अस्मिता कार्की र वरिष्ठ फोटोग्राफर रत्नमान आशुले फोटोग्राफी तालिमलाई अगाडि बढाई महिलालाई दक्ष र आत्मनिर्भर बनाउन आआफ्नातर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वरिष्ठ समाजसेवी उर्मिला श्रेष्ठले अन्तर्राष्ट्रिय खेलाडीलाई रु एक लाखको चेक प्रदान गर्नुभयो । तालिममा २७ महिला सहभागी थिए । रासस
No comments:
Post a Comment