पाँचथर, २७ जेठ । बन्द सफल पार्न हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको सङ्गठन विभाग प्रमुखसहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सङ्गठन विभाग प्रमुख पेम्बा शेर्पा र दुई नम्बर क्षेत्रका सेक्रेटरी गजेन्द्र काफ्ले रहेका छन् ।
माओवादी जिल्ला सेक्रेटरी सौगातका अनुसार पुरानो पञ्चमीका शेर्पा र इलामको फाकफोकका काफ्लेलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । यता माओवादीका जिल्ला सेक्रेटरी सौगातले भने शान्तिपूर्ण बन्दको पूर्वसन्ध्यामा आफ्ना नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
यसैबीच विप्लव माओवादीकै बन्दका कारण मेची राजमार्गमा बिहानैदेखि सवारी आवागमन ठप्प छ । पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै आज बन्द आह्वान गरिएको हो । रासस
No comments:
Post a Comment