Tuesday, June 7, 2016

‘संविधान कार्यान्वयनका लागि सहमति आवश्यक’

विराटनगर, २५ जेठ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँगको कुराकानीमा उहाँले सरकामाथि कुनै सङ्कट नरहेको र सरकार सहमतिमै चलिहरेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म यो बहुमतीय सरकार नै कायम रहने उल्लेख गर्दै संयुक्त सरकारमा सामान्य मतभेद देखिनुलाई नेतृत्व परिवर्तन हुने रुपमा बुझ्न नहुने बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको चर्चा गर्दै उहाँले निर्वाचनको पक्षमा विगतमा नेपाली काँग्रेसले गरेका प्रतिबद्धतालाई स्मरण गर्न आग्रह गर्नुभयो । उपप्रधानमन्त्री गच्छादारले संसदीय नियमावली सहमतिमै पारित हुनुपर्दछ, त्यसो नभए प्रक्रियाद्वारा नै पारित हुने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts