फलेवास ९पर्वत०, २२ जेठ । धारिलो हतियारले आक्रमण गर्दा शुक्रबार साँझ दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको गाविस–९ स्थित मानसिक अवस्था ठीक नभएको ४२ वर्षीय लिलबहादुर गुरुङले धारिलो हतियार र ढुङ्गा प्रहार गर्दा सोहि ठाउँका २४ वर्षीय अशोक गुरुङ गम्भीर घाइते भएका छन् ।
धारिलो हतियार लागेर घाइते भएका अशोकले प्रतिकार गर्दा लिलबहादुरसमेत सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइते लिलबहादुरको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते अशोकलाई प्रहरीको निग्रानीमा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
चट्याङबाट एक बालक गम्भीर
शुक्रबार साँझ परेको चट्याङले लागेर पर्वत चित्रे गाविस–८ का ९ वर्षीय सुनिल विक गम्भीर घाइते भएका छन् ।
घर नजिकैकौ सल्लाको रुखमा परेको चट्याङ विकलाई लागेपछि उनी गम्भीर घाइते भएका हुन् । उनको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि गण्डकी अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएका छन् । रासस
No comments:
Post a Comment