काठमाडौँ, १३ असार । सर्वोच्च अदालतमा कुनै पनि अभियोगमा थुनामा राखिएका व्यक्तिलाई अपमानजनक तरिकाले कपाल मुण्डन लगायत दुव्र्यवहारमा रोक लगाउन माग गर्दै आज रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता अच्युतप्रसाद खरेलले दायर गरेको निवेदनमा थुनामा राख्दा अभियुक्तलाई केशमुण्डन गर्ने, मलमूत्र खुवाउने जस्ता मानवताविरुद्धको व्यवहार गर्नबाट रोक लगाउन माग गरिएको छ । अभियुक्त भनेर थुनामा राखिसकेका व्यक्तिलाई थप विभिन्न तरिकाले यातना दिनु मानवाधिकारको दृष्टिकोणले सही नभएको जिकिर गरिएको छ । रासस
No comments:
Post a Comment