Sunday, June 26, 2016

गुणस्तरीय डिपोप्रोभेराको निम्ति समितिलाई निर्देशन

काठमाडौँ, १२ असार । व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले महिलाले परिवार नियोजनको अस्थायी साधनका रूपमा प्रयोग गर्ने डिपोप्रोभेरा गुणस्तरीय हुनुपर्ने भन्दै निर्देशन दिएको छ ।

समितिको आजको बैठकपछि समितिले डिपोप्रोभेरालगायत महिलाले अस्थायी साधनका रूपमा प्रयोग गर्ने अन्य साधनसमेत कम गुणस्तरीय भएको हुँदा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार हुनुपर्ने भनी स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको सभापति रञ्जुकुमारी झाले जानकारी दिनुभयो ।

सोही अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले महिलाले अस्थायी साधनका रूपमा प्रयोग गर्ने डिपोप्रोभेराका बारेमा दुई वर्षअघिदेखि नै कुरा उठिरहेका अवस्थामा त्यसबारे थप छलफल गरेर अगाडि बने बताउनुभयो । समितिको बैठकमा नक्कली डाक्टर पक्राउबारे समेत छलफल भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts