चितवन, २० जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनीमा आज बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको ना५ख ४३७० नं को बसको ठक्करबाट राप्ती नगरपालिका–१२ का ६० वर्षीय पप गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते उनको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
No comments:
Post a Comment