Thursday, June 2, 2016

‘राष्ट्रिय सरकारका लागि पहल गर्ने’

भक्तपुर, २० जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद मीन विश्वकर्माले राष्ट्रिय सरकार गठनका लागि नेपाली काँग्रेसले पहल गर्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले राष्ट्रिय सरकार निर्माणका क्रममा काँग्रेसले अब कसैलाई पनि प्रधानमन्त्रीका लागि अगाडि नसार्ने बताउनुभयो । नेकपा (एमाले) बाटै पनि प्रधानमन्त्री बन्न सक्ने उहाँको भनाइ थियो ।

उहाँले स्थानीय निकायको निर्वाचन सबैको आवश्यकता भएता पनि कानुनी झन्झट बाँकी रहेकाले तोकिएको मितिमा निर्वाचन सम्भव नरहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts