काठमाडौँ, २५ जेठ । नेकपा (एमाले) ले वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको दुःखद् निधनबाट आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ ।
पाँच दशकभन्दा लामो सङ्गीत साधनाका क्रममा गुरुङले सङ्गीतबद्ध गर्नुभएका सयौँ गीतले नेपाली सङ्गीतको बेग्लै धार निर्माण गर्न, विशिष्ट नेपाली पहिचान स्थापित गर्न तथा नेपालको साङ्गीतिक क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन अतुलनीय भूमिका खेलेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
‘उहाँबाट सङ्गीतबद्ध देशभक्तिपूर्ण गीतले नेपालीमा राष्ट्रिय चेतनाको अभिवृद्धि गर्न उल्लेख्य सहयोग पु¥याएको र २०६२÷६३ को परिवर्तनपछि नेपालको नयाँ राष्ट्रगानमा ओजपूर्ण र सुमधुर सङ्गीत भरेर अविष्मरणीय योगदान गर्नुभएको थियो’ विज्ञप्तिमा भनिएको छ । उहाँको निधनबाट नेपाली साङ्गीतिक क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको जनाउँदै एमालेले गुरुङ्गप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । रासस
No comments:
Post a Comment