Monday, June 6, 2016

पहिरामा पुरिएका तीनको सकुशल उद्घार

मुगु, २४ जेठ । घर बनाउने क्रममा माथिबाट आएको पहिरामा पुरिएका तीन जना कामदारको आज सकुशल उद्घार गरिएको छ ।

सदरमुकाम गमगढीस्थित नयाँ रोडमा रोवा–६ ¥याङ्चेकाटी गाउँका वसन्त कुमाईंको आज मध्याह्न १२ बजे नयाँ घरको जग काट्दै गर्दा घर माथिबाट पहिरो आउँदा जग काटिरहेका तीन जना पुरिएका थिए । तत्कालै घटनास्थलमा पुगेका स्थानीयवासी तथा नेपाल प्रहरीले माटो हटाएपछि उनीहरुको सकुशल उद्घार भएको हो । पुरिएका कार्कीवाडा–४ का २७ वर्षीय ललितजङ्ग रोकाया र सोही ठाउँका ३० वर्षीय मीमबहादुर सेजुवालको २० मिनेटमै उद्घार भए पनि १८ वर्षीय कालीबहादुर विकको खुट्टामा ढुङ्गाले च्याप्दा उनलाई उद्घार गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

एक घन्टा लगाएर विकको उद्घार गरिएको थियो । उनको खुट्टामा सामान्य चोट लागेको छ । तीनै जनालाई जिल्ला अस्पतालमा उपचार गरिएको छ । तीनै जनाको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts