Tuesday, June 21, 2016

जन्मदिनको अवसरमा रु चार लाख ९३ हजार सहयोग

पोखरा, ७ असार । बेलायतमा जन्मी पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका समाजसेवी कर्णेल जे.वी क्रसले आफ्नो ९२औँ जन्मोत्सवको अवसरमा आज नेपाल बास्केटबल सङ्घ कास्कीलाई रु चार लाख ९३ हजार सहयोग गर्नुभएको छ ।

बास्केटबल खेलको विकास होस् भन्ने उद्देश्यले उहाँले सङ्घका अध्यक्ष जुमप्रसाद गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले यसअघि पनि विभिन्न सङ्घसंस्थालाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts