Tuesday, June 21, 2016

दुर्घटनामा दश जना घाइते

राजविराज, ७ असार । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कडरबोना र भारदहस्थित कोसी ब्यारेजमा आज भएको सवारी दुर्घटनामा परी दश जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ७९३६ नंको बसले सोही दिशातर्फ राजविराजबाट विराटनगर गइरहेको को१ज २५०५ नंको माइक्रोबसलाई भारदह–१ स्थित कोसी ब्यारेजमा पछाडिबाट ठोक्किँदा माइक्रोबसमा सवार सातजना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यस्तै, कुशाहा–३ स्थित कडरबोना चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६च १६३१ नंको टाटा सुमो आफँै अनियन्त्रित भई सडक छेउमा रहेको पिपलको रूखमा ठोक्ँिकदा चालकसहित तीनजना घाइते भएका छन् ।

घाइते सबैको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परेको गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts