Tuesday, June 7, 2016

बजेट राष्ट्र निर्माणमा केन्द्रित छ : उद्योगमन्त्री पाण्डेय

काठमाडौँ, १५ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बजेट राष्ट्र निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।

पत्रकार शोभराज बरालद्वारा लिखित ‘जुनकिरी’ नामक पुस्तकको विमोचन गर्दै मन्त्री पाण्डेयले बजेटले मुलुकमा रोजगारी सिर्जना गर्न साना तथा मझौला उद्योगलाई सहुलियत उपलब्ध गराएको र व्यवसायीलाई प्रवद्र्धन गरेको बताउनुभयो ।

उहाँले नयाँ बजेटमा ऊर्जा क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखी सरकार तथा जनताको संयुक्त लगानीमा आयोजना अगाडि बढाउन खाजेको विचार व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेयले देशलाई औद्योगिकीकरण नगरी मुलुकलाई विकास तथा जनतालाई समृद्धितर्फ उन्मुख गराउन नसकिने बताउँदै निजी क्षेत्रले गरेको लगानीलाई सरकारले संरक्षण गर्ने हुँदा ढुक्क भई लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले देशका विभिन्न जिल्लामा खनिज पदार्थको उत्पादनका लागि सम्भाव्यताको अध्ययन भइरहेको जानकारी दिनुभयो ।
पत्रकार बरालद्वारा लिखित ‘जुनकिरी’ समसामयिक विषयवस्तु तथा विसङ्गतिप्रति गरेको व्यङ्ग समावेश छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts