Wednesday, June 22, 2016

फुटबलमा पदिक बाहिनी विजयी

काठमाडौँ, ८ असार । नेपाली सेनाले आज आयोजना गरेको ओलम्पिक दिवस मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पदिक बाहिनी विजयी भएको छ ।

सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको उक्त प्रतियोगितामा पदिक बाहिनीले प्रतिस्पर्धी मद्दति निर्देशनालयलाई शून्यका विरुद्ध १ गोलले हराएको थियो ।

नेपाली सेनाको पृतना अन्तर्गतको पदिक बाहिनी र मद्दति निर्देशनालयबीच भएको मैत्रीपूर्ण खेलका विजयीलाई बलाध्यक्षरथी पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

उक्त फुटबल प्रतियोगिताको आयोजना उपत्यका मध्य पृतनाले गरेको सैनिक जनसम्पर्क निर्देशनालले जनाएको छ । नेपाल ओलम्पिक कमिटीले उक्त प्रतियोगिताका लागि आवश्यक समन्वय गर्नुका साथै पदक र प्रमाणपत्रको व्यवस्थापन गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts