Thursday, June 23, 2016

नेप्से उच्च बिन्दुमा

काठमाडौँ, ९ असार । सेयर बजारमा नेप्से १८.७८ अङ्कले बढेर हालसम्मकै उच्च एक हजार ६६६.९९ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज झन्डै दुई रु अर्बको कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । बजार बन्द हुँदासम्म बिमा समूहकै सर्वाधिक कारोबार भएको हो । ऐतिहासिक उचाइमा पुगेको बजारमा कुल १३५ कम्पनीको रु एक अर्ब ९८ करोड ९९ लाख मूल्य बराबरको सेयर किनबेच भएको थियो ।

बिमा समूहमा सबैभन्दा धेरै ६९.६९ अङ्कले उकालो लागेको छ भने जलविद्युत् समूह ४०.८३ र वाणिज्य बैंक समूह २३.१७ अङ्कले बढेका छन् ।

विकास बैंक समूहको सूचक १२.९७, होटल ११.२३, उत्पादनमूलक क्षेत्र ३४.८६ र अन्य समूह १.१८ अङ्कले माथि चढेको नेप्सेले जनाएको छ । सबै समूह उकालो लागे पनि वित्त समूहमा भने ६.९४ अङ्कले तल झरेको छ ।

कारोबार भएकामध्ये नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको रु १४ करोड १९ लाख बराबरको सेयर किनबेच भयो भने सानीमा माई हाइड्रो पावरको रु ११ करोड १९ लाख, शिखर इन्स्योरेन्सको रु नौ करोड तीन लाख, गुराँस लाइफ इन्स्योरेन्सको रु आठ करोड ६२ लाख र स्ट्यान्र्डड चार्टड बैंकको रु सात करोड ४८ मूल्य बराबरको कारोबार भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts