Sunday, June 12, 2016

श्रीमानले गरे श्रीमतीको हत्या

भीमदत्तनगर, ३० जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ छोटीकिँचाइका ३२ वर्षीय केशव बोहराले श्रीमतीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार बोहराले गत जेठ २४ गते राति २६ वर्षीया श्रीमती मायाको हत्या गरेर घर नजिकैको गोठमा खाल्डो खनेर गाडेका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले हत्या आरोपमा बोहरालाई आज धनगढीबाट पक्राउ गरिएको बताउनुभयो । मृतकको एक छोरा र एक छोरी रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts