Friday, June 24, 2016

ठक्करबाट बालकको मृत्यु

धनगढी, १० असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको गरुङ्गेमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ ।

क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाले पूर्वबाट पश्चिमतर्फ आइरहेको ना२ख ७४३८ नंको ट्रकले से३प ९७८७ नंको मोटरसाइकललार्ई ठक्कर दिँदा लम्की चुहा नपाका शिवलाल सन्ज्यालका तीन वर्षीय छोरा रोशनको मृत्यु भएको जनाएको छ ।

मोटरसाइकलमा शिवलालसहित चार जना सवार रहेकामा ठक्करबाट घाइते अन्य तीन जनालाई उपचारका लागि नेपालगन्ज लगिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts