कपिलवस्तु, १० असार । (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो सङ्क्रमणकालको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस चौतारी, कपिलवस्तुले आज चन्द्रौटामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले मुलुकको निकासका लागिसमेत सबै दलको सहमतिमा राष्ट्रिय सरकारको आवश्यक रहेकामा जोड दिनु भयो ।
अबको सरकार कसको नेतृत्वमा भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले पुरानो सरकार नभई नयाँ राष्ट्रिय सहमतिको सरकारले नै देशको वर्तमान समस्या हल गर्ने धारणा राख्नु भयो ।
उहाँले वर्तमान एमाले नेतृत्वको सरकारले ल्याएको बजेट जनमुखी भएकाले सबैको हितमा रहेकाले विरोध गर्नुपर्ने जरुरी नभएको तर्क गर्नु भयो । लामो समयदेखि थाती रहेका संवैधानिक अङ्गका प्रमुखको समेत चाँडै नियुक्ति गरी देश विकासमा लाग्न सबैलाइ आग्रह गर्दै नेता नेपालले भूकम्प र नाकाबन्दीको मार खेपेका नागरिकलाई जतिसक्दो राहत दिन पछि पर्न नहुनेमा जोड दिनु भयो । रासस
No related posts.
No comments:
Post a Comment