काठमाडौँ, २ असार । राष्ट्रिय मानवअधिकार आयोगले बोल्न नसक्ने महिलामाथि भएको सामूहिक बलात्कारको घटनाको अनुगमन गरी घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न र पीडितको सम्पूर्ण औषधोपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउँदै बहिरा महिलामाथि निरन्तर भइरहेका बलात्कार एवम् दुव्र्यवहारका घटनामा आवश्यक कारबाहीको माग गरिएको आज आयोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान गरी घटनामा संलग्न भनिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई आवश्यक अनुसन्धानपश्चात् कानुनबमोजिम तत्काल कारबाही गर्न आयोगका
प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनालाई लिएर राष्ट्रिय बहिरा महासङ्घ नेपालले आयोगमा ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।
आयोगले उक्त घटनाको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पत्राचारसमेत गरेको छ । घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी राष्ट्रिय मानवअधिकार आयोगलाई जानकारी गराउन नेपाल प्रहरीलाई निर्देशन गरिएको एवम् नेपाल प्रहरीलाई आवश्यक सहयोग पु¥याउन आयोगले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
No comments:
Post a Comment