Thursday, June 16, 2016

‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गर्ने अधिवक्ता पक्राउ

काठमाडौँ, २ असार । ‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गरेको आरोपमा प्रहरीले अधिवक्ता सञ्जयराज अधिकारीलाई आज काठमाडौँको बबरमहलबाट पक्राउ गरेको छ ।

झापा जिल्ला दुवागढी गाविस घर भई हाल काठमाडौँ बस्दै आएकी कृष्णकुमारी ढकालको पुनरावेदन अदालत पाटन ललितपुरमा चलेको रु ३३ लाख बिगोको चेक अनादर मुद्दामा ‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले विभिन्न प्रलोभनमा पारी रु पाँच लाख रकम लाग्ने भनी पेस्कीस्वरुप रु एक लाख २५ हजार रकम बुझेकामा मुद्दा हारेपश्चात पीडित महिलाले महाशाखामा उजुरी दिएको महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

रामेछाप कठजोर गाविस घर भई हाल कपन बस्दै डिफेन्स ल फर्म सञ्चालन गर्दै आएका अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडाँै पठाइएको महाशाखाले जनाएको छ ।

प्रहरीले अधिकारीको नाममा आइएमइ गरेको रु एक लाखको भौचर, मुद्दा मिलाई दिने भनी न्यायाधीशको समेत नाम जोडी रु पाँच लाख रकम चाहिन्छ भनी गरेको वार्तालापको सिडीसमेत प्राप्त गरेको छ । उनले तेह्रथुम घर भएका केशव उप्रेतीलाई नक्कली जग्गाको बैना गरी रु दुई लाख ठगी गरेको पनि भेटिएको छ । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts