Wednesday, June 1, 2016

असार मसान्त आउनै लाग्दा योजना सम्झौता

डोटी, २० जेठ । जिल्ला विकास समिति डोटीमा जेठ महिना बित्नै लाग्दासमेत धमाधम योजना सम्झौैता भइरहेका छन् । वैशाखभित्र सम्झौता तथा जेठभित्र काम सम्पन्न गरिसक्ने भनिएको भए पनि जेठ महिना सकिनै लाग्दा ती योजना सम्झौता भइरहेका हुन् ।

जेठयता करिब ३० भन्दा बढी योजना सम्झौता भएको र यो क्रम जारी रहेको जिविस डोटीको योजना फाँटमा कार्यरत दीपकराज जोशीले जानकारी दिनुभयो । जिविसको कार्यालयबाहिर योजना सम्झौता गरिसक्ने मिति २०७३ साल वैशाख मसान्तसम्म र योजना सम्पन्न गरिसक्ने जेठ मसान्तसम्म लेखिएको ब्यानर अझैसम्म टाँस गरिएको छ । तर स्थानीय विकास अधिकारी वासुदेव रेग्मी भने धमाधम योजना सम्झौता गरिरहनुभएको छ ।

उपभोक्तालाई समयमै सम्झौता गर्न आउन भने पनि नआएकाले अहिलेसम्म सम्झौता गर्नु परेको रेग्मीले बताउनुभयो । अख्तियारी नै ढिलो आएको र काममा ढिलासुस्ती गर्ने हामी नेपालीको परिपाटी नै भएकाले पनि तोकिएको समयमा योजना सम्झौता गर्न नसकिएको उहाँको भनाइ छ । जेठभित्र सम्झौता गर्ने नीतिगत व्यवस्था हुँदाहँुदै पनि जिविसले वैशाखभित्र योजना सम्झौता गर्न भन्दै उपभोक्ताका लागि सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।

जिविस डोटीले आफूले नै जारी गरेको सूचना लत्याएको छ । स्थानीय विकास अधिकारी रेग्मीले योभन्दा अगाडि वैशाख मसान्तभित्र मात्रै सम्झौता गर्ने नीतिगत व्यवस्था भएकाले सो सूचना जारी गरेको बताउनुभयो । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts